Kathmandu Press

समिममियाँको नियुक्तिबारे सर्वोच्चले माग्यो कारण देखाऊ आदेश

काठमाडौंं, चैत १४ : संसदीय सुनुवाई विशेष समितिको अनुमोदनविना नै मुस्लिम आयोगको अध्यक्षमा नियुक्त समिममियाँ अन्सारीको नियुक्तिका विषयमा सर्वोच्च अ....

समिममियाँको नियुक्तिबारे सर्वोच्चले माग्यो कारण देखाऊ आदेश
फाइल फोटो

काठमाडौंं, चैत १४ : संसदीय सुनुवाई विशेष समितिको अनुमोदनविना नै मुस्लिम आयोगको अध्यक्षमा नियुक्त समिममियाँ अन्सारीको नियुक्तिका विषयमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।

अन्सारीको नियुक्ति बदर गर्न माग गर्दै अधिवक्ता अब्दुल सलामले दायर गरेको रिटमाथि सुनुवाई गर्दै बिहीबार सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो। 

सलामले अन्सारीको नियुक्त बदर गर्नु पर्ने मागसहित आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए। अन्सारीविरुद्ध संसदीय सुनुवाई विशेष समितिमा नागरिकता नक्कली बनाएको, शैक्षिक प्रमाणपत्र किर्ते भएको तथा अध्यक्षका लागि सिफारिस हुँदा राजनीतिक दलको सदस्य कायम रहेको भन्दै उजुरी परेको थियो।

समितिले उनका विषयमा कुनै निर्णय नलिई ४५ दिन गुजारेपछि अन्सारी स्वतः आयोगको अध्यक्ष बनेका थिए। 
 

प्रकाशित मिति: २०:२३ बजे, बिहीबार, चैत १४, २०७५