हरियो भएर बन्द भयो शेयर बजार, कारोवारले दिएन साथ
काठमाडाैं, चैत १४ : दोश्रो बजारमा लगातार ४ दिनदेखि वृद्धि देखिएको छ। आज साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २.०१ वृद्धि हुँदै ११४४.५३ को बिन....
काठमाडाैं, चैत १४ : दोश्रो बजारमा लगातार ४ दिनदेखि वृद्धि देखिएको छ। आज साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २.०१ वृद्धि हुँदै ११४४.५३ को बिन्दुमा पुगेको छ। आज दोश्रो बजार परिसूचक ०.१८ प्रतिशतले वृद्धि भएको छ।
आज बजार ११४२ को बिन्दुमा खुलेको थियो भने ११४४.५३ को उच्च बिन्दुसम्म पुगेको थियो। आज बजारको न्यून बिन्दु ११४०.५६ थियो। बिहीबार दिनभरिमा २४ करोड ५९ लाख बराबरको शेयर किनबेच भएको छ। हिजो कारोवार रकम ४८ करोड ६६ लाख थियो। कारोबार रकम भने अघिल्लो दिन सोमबारको तुलनामा निकै घटेकोे छ।
प्राथमिक बजार गतिविधि
-युनियन हाइड्रोपावरको चैत्र १३ गतेदेखि खुला आइपीओमा आवेदन दिने अन्तिम दिन चैत्र १७ गते रहेको छ। सो समयसम्म पनि पूरै शेयरमा आवेदन नपरेमा बैशाख १२ गतेसम्म समय थपिने छ। हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँका दरले ३४ लाख ६३ हजार ६ सय ५४ कित्ता शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो। लगानीकर्ताले न्युनतम ५० कित्ता आवेदन दिनु पर्ने छ भने अधिकतम ३५ हजार कित्ता सम्म आवेदन दिन सकिने छ। लम्जुङ्गमा रहेको यस हाइड्रोपावरको प्रतिमेगावट लागत २६ करोड ५० लाख रुपैयाँ छ। इक्रा नेपालले गरेको ५ रेटिङ अनुसार यो कम्पनीको कमजोर आधार देखाउँंछ।
-ग्लोबल आइएमई बैंकले निष्काशन गरेको ‘१०.२५ प्रतिशत ग्लोबल आइएमई बैंक ऋणपत्र २०८०-८१’ मा आवेदन गर्ने चैत १४ गते बिहीबार अन्तिम दिन रहेको छ।एनएमबी बैंकले निष्काशन गरेको ‘१० प्रतिशत एनएमबि ऋणपत्र २०८५’ मा आवेदन दिने समय बढाएर चैत २५ गतेसम्म पुगेको छ।
आजको बजारको अवस्था:

आज सर्वाधिक कारोवार हुने, कमाउने र गुमाउने:
आज सबैभन्दा धेरै शिवम सिमेन्ट शेयर किनबेच भएको छ। शिवम सिमेन्टको २ करोड ६२ लाख बराबरको शेयर किनेबेच भएको छ। आज सिभिल लघुवित्त वित्तिय सस्थाका शेयरधनीले सर्वाधिक ५.८८ प्रतिशतले कमाए भने युनिभर्सल पावर कम्पनी लिमिटेडका शेयरधनीले सर्वाधिक ९.५९ प्रतिशत गुमाए।
नेप्सेमा आएको घोषणा:
- सर्वसाधारणलाई भर्खरै मात्र प्रतिकित्ता २०० रुपैयाँ प्रिमियम थपी प्रतिकित्ता ३०० मा आईपिओ निस्काशन गरेको शिवम् सिमेन्टले १५.७८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांस कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात लगानीकर्ताले पाउने छन्।
- जेबिल्स फाइनान्सको चैत १३ गते बसेको सञ्चालक समितिको बैठकले हाल लिलामीमा बिक्री भइरहेको शेयरपछि कायम हुने चुक्ता पुँजीमा १.२४ प्रतिशत बोनस शेयर दिने भएको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले प्राप्त गर्ने छन्। जेबिल्सलाई फाइनान्स नेपाल इन्भेष्टमेन्ट बैंकले किन्ने प्रक्रिया छ।
- ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले १ बराबर ०.५ अनुपातको (५० प्रतिशत) हकप्रद शेयर बिक्रीका लागि चैत्र २९ गते बुक क्लोज तय गरेको छ। कम्पनीको अहिलेको चुक्ता पुँजी ६५ करोड ५० लाखमा हकप्रद शेयर बिक्री गर्दैछ। चैत्र २८ गतेसम्म कायम शेयर धनीले सो हकप्रद शेयर खरिद गर्नसक्ने छन्।
नेप्से इतिहास

कारोबारको इतिहास

प्राविधिक विश्लेषण:
चित्र नं १; दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, दैनिक मैनबत्तीमा देखिए बमोजिम १४ चैत्र, २०७५ मा बजार ११४४.५३ मा बन्द भएको छ। बजारले १० चैत्र, २०७५ मा ११ सय ३१.०२ मा टेवा प्राप्त गरेपछि आजको दिनसम्म १३.५१ अंकले वृद्धि भएको छ।
चित्र नं.२: ५ मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, आजको कारोबारमा पनि उतारचडाव कस्तो रह्यो भनी हेर्नलाई ५ मिनेट समयावधिको मैनबत्ती नै प्रयोग गरिएको छ। आजको कारोबारमा बजारले हिजोको ११४० को टेवाबाट बजार बढे, हिजोको ११४२ को प्रतिरोधलाई कारोबारको अन्तिम समयमा बजार योभन्दा माथि गएको छ। ५ र २० दिनको एक्सपोनेन्सियल मुभिङ्ग एभरेजहरुले क्रेताको चाप अझै पनि रहेको सङ्केत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ६४.७९अंकमा रहेको छ। यसले बजार सकारात्मक क्षेत्रमा रहेको सङ्केत गरेको छ। स्टोकास्टिक अक्सिलेटरले आजको अन्तिम कारोबारमा क्रेताको चाप रहेको सङ्केत गरेको छ। भल्यूम अक्सिलेटरले कारोबारको अन्तिम समयमा खरिदकर्ताहरुको चाप कम हुन थालेको सङ्केत गरेको छ।
निष्कर्ष:
माथिको छोटो समयको नेप्से प्रवृत्तिहरु र सूचकहरुको आधारमा बजारलाई समग्र रूपमा हेर्ने हो भने आजको अन्तिम समयमा ११४२ को प्रतिरोधलाई तोड्न सफल भएपनि भोलि ११४३ भन्दा माथि बजार स्थिर रहन सकेमा नेप्से अझ केही सकारात्मक हुन क्ने देखिएको छ। अर्को सामान्य प्रतिरोध क्षेत्र ११५० मा रहेको देखिन्छ। त्यस्तै गरी यदि बजार तत्कालीन सामान्य टेवा ११४० भन्दा तल रहेमा बजार केही सच्चिन सक्ने देखिन्छ। अर्को तत्कालीन टेवा ११३६ मा रहेको देखिन्छ।






