पानी जहाज कार्यालयको रजिष्टारमा कोइराला नियुक्त
काठमाडौं, चैत १४: सरकारले पानी जहाज कार्यालयको रजिष्टारमा ऋषिराज कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको छ।
बिहीबार सिंहदरबारमा मन्....
काठमाडौं, चैत १४: सरकारले पानी जहाज कार्यालयको रजिष्टारमा ऋषिराज कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको छ।
बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले केही दिन अघि बसेको मन्त्रिपरिषद बैठकले पानी जहाज कार्यालयको रजिष्टारमा कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए।
सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत रहने गरी फागुन ३ गते ललितपुरको एकान्तकुनामा नेपाल पानी जहाज कार्यालयको स्थापना गरेको थियो। पानी कार्यालयकै लागि सरकारले उपसचिवको नेतृत्वमा १६ जना कर्मचारीको दरबन्दी निर्धारण गरेको थियो।
कार्यालय स्थापनासँगै पानी जहाज कार्यालय सञ्चालनका लागि अर्थ मन्त्रालयले रकमान्तर गरी १ करोड १२ लाख रुपैयाँ बजेट छुट्याएको थियो।






