Kathmandu Press

प्रधानमन्त्रीले १० हजार माग गर्दा पाए २० कित्ता मात्रै सेयर

काठमाडौ, चैत १४ : माथिल्लो त्रिशुली–३ ‘बी’को साधारण सेयरमा १० हजार कित्ता आवेदन दिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई २० कित्ता मात्....

प्रधानमन्त्रीले १० हजार माग गर्दा पाए २० कित्ता मात्रै सेयर

काठमाडौ, चैत १४ : माथिल्लो त्रिशुली–३ ‘बी’को साधारण सेयरमा १० हजार कित्ता आवेदन दिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई २० कित्ता मात्रै आइपिओ परेको छ । प्रधानमन्त्री ओलीको धर्मपत्नी राधिका शाक्यलाई पनि २० कित्ता नै आईपिओ परेको छ।

त्यस्तै, उर्जामन्त्री वर्षमान पुनलाई पनि २० कित्ता मात्रै परेको छ । मन्त्री पुनले एक हजार कित्ता आवेदन दिएका थिए । यसैगरी उर्जामन्त्री पुन पत्नी ओनसरी घर्तीलाई पनि २० कित्ता मात्रै आईपिओ परेको छ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आईपिओमा आवेदन गरेका ५० हजार दुई सय ६७ जना भाग्यमानी आवेदकले गोलाप्रथाबाट थप १० कित्तासहित कूल ३० कित्ताका दरले सेयर हात पारेका छन् । बाँकी आवेदकलाई २० कित्ताका दरले बाँडफाँड गरिएको छ।

आईपिओमा आवेदन गरेका कूल एक लाख ५४ हजार पाँच सय ५९ आवेदन सदर भएको थियो । जसमध्ये एक लाख चार हजार दुई सय ९२ जना आवेदकले २० कित्ता सेयर प्राप्त गरेका छन्। 

नुवाकोट र रसुवामा निर्माणाधीन ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली–३ ‘बी’ जलविद्युत आयोजनाले ‘जनताको जलविद्युत कार्यक्रम’अन्तर्गत पहिलो कम्पनीको रुपमा सेयर निष्काशन गरेको हो।

 

प्रकाशित मिति: १४:२८ बजे, बिहीबार, चैत १४, २०७५