Kathmandu Press

भारतको उत्तर प्रदेशमा एक पत्रकारको हत्या

उत्तरप्रदेश, भदौ ९ : भारतको उत्तर प्रदेशको बालिया जिल्लामा सोमबार पत्रकार रतन सिंहको हत्या भएको छ। बालिया जिल्लाको फेपना गाउँका ती पत्रकारको सोमबार उन....

भारतको उत्तर प्रदेशमा एक पत्रकारको हत्या

उत्तरप्रदेश, भदौ ९ : भारतको उत्तर प्रदेशको बालिया जिल्लामा सोमबार पत्रकार रतन सिंहको हत्या भएको छ। बालिया जिल्लाको फेपना गाउँका ती पत्रकारको सोमबार उनको आफ्नै निवासमा हत्या भएको हो। 

सिंहको उनको निवासमै सोमबार साँझ हत्या भएको प्रहरीले जनाएको छ। 

प्रहरीले उनको हत्याबारे अनुसनधान शुरु गरेको जनाएको छ। प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट ती पत्रकार र सोही गाउँका केही व्यक्तिबीचको पुरानो रिसइबीका कारण हत्या भएको हुनसक्ने अनुमान गरेको छ।

हत्या गरिएका पत्रकारका पिताले भने सोही गाउँका प्रमुख झबर सिंहले आफ्नो छोराको हत्या गरेको बताएका छन्। उनले तिनै गाउँले प्रमुखले नै यसअघि आफ्नो जेठो छोराको पनि हत्या गरेका बताएका छन्। 

बालिया जिल्लाका प्रहरी प्रमुख देवेन्द्रनाथले हत्यामा संलग्न जो सुकैलाई पनि कानुनी कारबाही गरिने बताए। 

प्रकाशित मिति: १३:३७ बजे, मंगलबार, भदौ ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्