Kathmandu Press

अदालतको आदेशमा विप्लवका १७ कार्यकर्ता रिहा

सिन्धुपाल्चोक, चैत १४ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका १७ कार्यकर्ता अदालतको आदेशमा रिहा भएका छन्।

राज्यविरुद्धको अ....

अदालतको आदेशमा विप्लवका १७ कार्यकर्ता रिहा
फाइल फोटो

सिन्धुपाल्चोक, चैत १४ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका १७ कार्यकर्ता अदालतको आदेशमा रिहा भएका छन्।

राज्यविरुद्धको अभियोगमा मुद्दा चलाइएका सिन्धुपाल्चोक जिल्ला कमिटी सदस्य रञ्जीतसिंह ठकुरीसहित १७ जनालाई जिल्ला अदालतले धरौटीमा छोड्न आदेश दिएको छ । जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलाशले धरौटीमा रिहा गर्न आदेश दिएको हो।

अदालतको आदेशमा बाह्रबिसेका इन्द्रबहादुर ठकुरीलाई २५ हजार तथा अन्य १३ जनालाई जनही ६ हजार धरौटीमा रिहा गर्ने आदेश दिइएको छ।

त्यस्तै, रविता अधिकारी, हीरा खत्री र सविता श्रेष्ठलाई साधारण तारेखमा छाड्न आदेश दिएको स्रेस्तेदार लेखनाथ पौडेलले बताए।

उनीहरुलाई फागुन १८ गते चौतारा सागाचोकगढी नगरपालिका–१० कार्कीटारस्थित एक घरमा सुतिरहेको अवस्थामा बिहान २ बजे पक्राउ गरेको थियो । उनीहरूमाथि राज्यविरुद्धको अपराधमा मुद्दा दायर गरिएको थियो।

 

प्रकाशित मिति: १४:१० बजे, बिहीबार, चैत १४, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्