विश्वभरमा कोरोना संक्रमितको संख्या २ करोड ३८ लाख
काठमाडौं, भदौ ९ : विश्वभर कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या २ करोड ३८ लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा विश्वभर २ लाख १२ हज....

काठमाडौं, भदौ ९ : विश्वभर कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या २ करोड ३८ लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा विश्वभर २ लाख १२ हजार वढी संक्रमित थपिएसँगै संक्रमितको संख्या २ करोड ३८ लाख ६ हजार ७ सय ९४ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट विश्वभर ४ हजार ३ सय २८ जनाले ज्यान गुमाए ।
यो सँगै विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ लाख १६ हजार ५ सय ५२ पुगेको छ ।
यसैगरी विश्वभर १ करोड ६३ लाख कोरोना संक्रमित निको भएका छन् भने ६६ लाख संक्रमित उपचाररत रहेका छन् ।
प्रकाशित मिति: ०८:१० बजे, मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












