भारतमा एकै दिनमा थपिए झण्डै ६० हजार संक्रमित
काठमाडौं, भदौ ९ : भारतमा एकै दिन ५९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ ।
पछिल्लो २४ घण्टामा ५९ हजार ६९६ जना संक्रमित भएसँगै मंगलब....

काठमाडौं, भदौ ९ : भारतमा एकै दिन ५९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ ।
पछिल्लो २४ घण्टामा ५९ हजार ६९६ जना संक्रमित भएसँगै मंगलबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ३१ लाख ६४ हजार ८८१ पुगेको हो ।
संक्रमितमध्ये अहिलेसम्म २४ लाख ३ हजार १०१ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ३ हजार २३४ जनाको उपचार भइरहेको छ ।
यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ५८ हजारभन्दा बढीको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ८५४ जनाको मृत्यु भएपछि भारतमा मंगलबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ५८ हजार ५४६ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।
प्रकाशित मिति: ०६:४३ बजे, मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












