Kathmandu Press

शहीद शुक्रराज शास्त्री र मेलवादेवीको गीत यूट्युबमा (गीतसहित)

काठमाडौं, चैत १४ : शुक्रराज शास्त्रीलाई शहीदका रुपमा चिनिन्छ । उनी गीतकार पनि थिए । अब उनले लेखेको गीत यूट्युबमा सुन्न पाइने भएको छ।

शहीद शु....

शहीद शुक्रराज शास्त्री र मेलवादेवीको गीत यूट्युबमा (गीतसहित)

काठमाडौं, चैत १४ : शुक्रराज शास्त्रीलाई शहीदका रुपमा चिनिन्छ । उनी गीतकार पनि थिए । अब उनले लेखेको गीत यूट्युबमा सुन्न पाइने भएको छ।

शहीद शुक्रराज शास्त्रीले लेखेको गीत ‘न घरलाई घर कहिन्छ, नारी नै दरबार हो’लाई मेलवादेवीले स्वर दिएकी थिइन् । त्यतिबेलै रेकर्ड गरिएको भएपनि सित्तिमित्त पाइदैन् ।

यसलाई गायिका मीना निरौलाले गत महिना पलेँटीमा प्रस्तुत गरेकी थिइन् । पलेँटीको त्यही प्रस्तुतिलाई यूट्युबमा राखिएको छ।

Hardik ivf

मेलवादेवीले गायका सबै गीत कर्णप्रिय छन् । त्यसमा पनि ‘न घरलाई घर कहिन्छ’सँगै ‘सवारी मेरो रेलैमा’ धेरै चर्चित छन्।

शहीद शुक्रराज शास्त्रीले त्यतिबेलाको कालखण्डलाई गीतमा उनेका छन् । त्यतिबेला नारीप्रतिको सम्मान गीतमा झल्किन्छ । जसलाई मेलवादेवीको स्वरले झन कर्णप्रिय बनाएको छ।

चन्द्रशम्शेरको दरबारमा गायिकाको रुपमा सेवारत मेलवादेवीका भोगाइ अहिले दन्त्य कथाजस्तै सुनिन्छन् । चन्द्रशम्शेरको प्रिय हुँदाहुँदै पनि एक संगीतकर्मीकै प्रेममा मेलवादेवीले दरबार छाडेकी थिइन् । कालान्तरमा नेपाल नै छाडेर प्रवासमै जीवन बिताइन्।

ओखलढुंगाको रुम्जाटारबाट आएकी यी गुरुङ चेलीले संगीतको साधना गर्दागर्दै कालान्तरमा शास्त्रीय स्वरलाई मिलाएर गाउनसक्ने अद्भूत कला विकास गरेकी थिइन् । गीतको बीच–बीचमा उनले लिने गरेका छोटा तानहरू अहिले सुन्दा पनि आनन्दित पार्छन्।

पलेँटीमा मीनाले गाउँदा दर्शक र स्रोताले मेलवादेवीकै झल्को आएको प्रतिक्रिया दिए । ‘त्यसैलाई मनन गर्दै पलेँटी श्रृंखलाले यो गीत युट्युबमा सार्वजनिक गर्ने निधो गरेको हो,’ पलेँटीका संयोजक आभासले भने, ‘गीत मेलवादेवीप्रति नै समर्पित गर्दै प्रस्तुत हुनेछ।’ मीनाले पलेँटीमा गाएका महान गायिकाका सबै गीत क्रमशः यूट्युबमा राख्ने योजना रहेको उनले बताए।

यसको शुरुआत मेलवादेवीको गीतबाट गरिएको छ।

प्रकाशित मिति: १२:३७ बजे, बिहीबार, चैत १४, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्