अमेरिकामा पत्नी सीताको उपचार गरेर प्रचण्ड स्वदेश फर्किदै
काठमाडौं, चैत १४ : अमेरिकामा पत्नी सीता दाहालको उपचार गरेर नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किदै छन्।
प्रचण्ड....

काठमाडौं, चैत १४ : अमेरिकामा पत्नी सीता दाहालको उपचार गरेर नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किदै छन्।
प्रचण्ड पत्नी सीताको उपचारका लागि १० दिन अघि अमेरिका गएका थिए । उनको वासिंटनस्थित जर्ज टाउन युनिभर्सिटी अस्पतालमा उपचार गरिएको छ । उनको स्वास्थ्यमा क्रमिक सुधार हुने चिकित्सकले बताएको जनाएको छ।
पूर्वप्रधानमन्त्री प्रचण्ड बुधबार न्यूयोर्कबाट प्रस्थान गरेका थिए । उनी आज दिउँसो ४ः१० बजे इत्तेहाद विमानबाट नेपाल काठमाडाै अवतरण गर्ने नेकपाले जनाएकाे छ । नेकपा केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले समाचार संकलन एवम् सम्प्रेषणका लागि ३:३० बजे नै त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलकाे विशिष्ट कक्ष पुगिसक्न पत्रकारहरूलाई निमन्त्रणा गरेका छन् ।











