Kathmandu Press

आज भारतका विदेश सचिव नेपाल आउँदै

काठमाडौं, चैत १४ः भारतका विदेश सचिव विजय केशव गोखले आज नेपाल आउँदै छन्।

उनी दुई दिने नेपालमा भ्रमणमा आउन लागेका हुन् । गोखले भारतीय सहयोग का....

आज भारतका विदेश सचिव नेपाल आउँदै

काठमाडौं, चैत १४ः भारतका विदेश सचिव विजय केशव गोखले आज नेपाल आउँदै छन्।

उनी दुई दिने नेपालमा भ्रमणमा आउन लागेका हुन् । गोखले भारतीय सहयोग कार्यक्रम र दुई देशको हितबारे छलफल गर्न नेपाल आउन लागेको जनाएको छ।

भोली र पर्सि काठमाडौंमा लगानी सम्मेलन हुँदैछ । त्यससँगै भारतीय लगानीका विषयमा पनि चर्चा हुने जनाएको छ।

नेपालका भ्रमणका क्रममा भारतीय सचिव गोखलले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ।

त्यस्तै, नेकपा र कांग्रेसका शीर्ष नेतासँग पनि छलफल हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

प्रकाशित मिति: १०:५५ बजे, बिहीबार, चैत १४, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्