Kathmandu Press

सात महिनामा हराए एक हजार नौ सय बालबालिका

काठमाडौँ, चैत १४ : गुल्मीका पाँच वर्षीय रोमन कुमार साथीहरूको लहलहैमा काठमाडौं आइपुगे । गाउँमा हराएका उनी काठमाडौं पुगेपछि भोकै हिँड्न थाले । बाटोमा जे....

सात महिनामा हराए एक हजार नौ सय बालबालिका
काठमाडौं प्रेस

काठमाडौँ, चैत १४ : गुल्मीका पाँच वर्षीय रोमन कुमार साथीहरूको लहलहैमा काठमाडौं आइपुगे । गाउँमा हराएका उनी काठमाडौं पुगेपछि भोकै हिँड्न थाले । बाटोमा जे भेट्यो खाँदै हिँड्न थाले।

रोमनको स्वास्थ्य अवस्था बिग्रिँदै गएको थियो । संयोग ! गाउँकी फुपू नाता पर्ने महिलाले रोमनलाई भेटिन् । काठमाडौंको बालाजु प्रहरीमा बुझाइदिइन् । रोमनका बाबुलाई छोराको अवस्थाबारे जानकारी गराइदिइन्।

प्रहरीले केन्द्रीय बालकल्याण समितिअन्तर्गतको ‘बालबालिका खोज तथा समन्वय केन्द्र’मा बुझायो । बालकलाई केही समय सुधारगृहमा राखियो । प्रहरीले खबर गरेपछि रोमनका बुवा भोजराज कुमार काठमाडौं आए । आफ्नो छोरालाई भेटे । अनि छोरा लिएर गुल्मी फर्के।

Hardik ivf

तर, रोमनजस्तै सबै बालबालिका घर फर्किन पाउने गरेका छैनन् । कयौ गाउँबाट निस्केपछि शहरमै अलपत्र पर्ने गरेका छन् । रोमनजस्तै वर्षेनी सयौँ बालबालिका हराउने गरेका छन् । परिवारबाट हराएका बालबालिकामध्ये १४ वर्षदेखि १८ वर्ष उमेर समूहका धेरै छन् । तथ्यांकअनुसार, बालकको तुलनामा बालिका धेरै हराउने गरेका छन्।

महिला तथा बालबालिका मन्त्रालयअन्तर्गतको बालबालिका खोजतलास समन्वय केन्द्रका अनुसार, यो आर्थिक वर्षको सात महिनाको अवधिमा एक हजार नौ सय ३१ बालबालिका हराएका छन् । गत वर्षको सात महिनाको तुलनामा यो वर्षमा धेरै बालबालिका हराएको उजुरी आएको प्रहरीको केन्द्रका प्रवक्ता सन्तोष अधिकारील केन्द्रका प्रवक्ता सन्तोष अधिकारीले बताए। ‘बालबालिकाको अवस्था अत्यन्तै भयावह रहेको छ । गरिबी र धेरै सन्तान भएकाले हेरबिचार नपुगेका कारणले बालबालिका हराउनेको गरेको पाइएको छ,’ उनले भने।

हराएका बालबालिका कुलतमा फस्ने गरेको पाइएको बालबालिका खोज तथा समन्वय केन्द्रका प्रहरी निरीक्षक मोहनविक्रम दाहालले बताए । ‘हराएका बालबालिकाहरू कुलतमा फस्ने गरेका छन्,’ दाहालले भने, ‘उनीहरूलाई सुधारगृहमा राख्नका लागि ठाउँको अभाव छ । त्यस कारणले पनि बालबालिकालाई खोज्ने काम जोडदार रुपमा गर्न नसकिएको हो।’

प्रदेश २ का धेरै बालिका हराए

प्रदेश २ मा बालकको तुलनामा बालिका धेरै हराएको  पाइएको छ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा प्रदेश २ मा तीन सय ३३ बालबालिका हराएका छन् । जसमध्ये दुई सय ५५ बालिका हराएको केन्द्रको तथ्यांक छ।

बालबालिका खोज तथा समन्वय केन्द्रका प्रहरी निरीक्षक दाहालले भने, ‘प्रदेश २ मा बालबालिकाको अवस्था विकराल छ । छोराको चाहना बढी हुनु, गरिबी, जनचेतनाको अभावका कारण बालिका बढी हराउने गरेका हुन्।’

समाजिक सञ्जालको बढ्दो प्रभाव, अविभावकको चरम लापरवाहीका कारण पनि बालबालिका हराउने गरेको प्रहरीको बुझाइ छ । हराएकामध्ये नौ सय ७० मात्र फेला परेको केन्द्रको तथ्यांक छ।

 

प्रकाशित मिति: १०:२७ बजे, बिहीबार, चैत १४, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्