Kathmandu Press

महात्मा गान्धीको चस्मा चार करोडमा बिक्री

काठमाडौं, भदौ ७ : महात्मा गान्धीको चस्मा चार करोड आठ लाख रुपैयाँमा बिक्री भएको छ।

बेलायतको ईस्ट ब्रिस्टल अक्सन हाउसले गान्धीको चस्मालाई बिक्....

महात्मा गान्धीको चस्मा चार करोडमा बिक्री

काठमाडौं, भदौ ७ : महात्मा गान्धीको चस्मा चार करोड आठ लाख रुपैयाँमा बिक्री भएको छ।

बेलायतको ईस्ट ब्रिस्टल अक्सन हाउसले गान्धीको चस्मालाई बिक्रीमा राखेको थियो। अक्सन हाउसका अनुसार बेलायतका एक नागरिकले चस्मा दिएका थिए। गान्धीबाट चस्मा पाउने व्यक्तिका भतिजले लिलामीका लागि अक्सन हाउसलाई चस्मा दिएका थिए।

गान्धी आफ्ना सामान बाँड्ने गरेका थिए। जसलाई जे आवश्यक पर्छ, त्यहि दिने गरेका थिए। यो चस्मा पनि सन् १९२० देखि १९३० को अवधिमा दक्षिण अफ्रिकाका नागरिकलाई दिएका थिए। ति व्यक्ति दक्षिण अफ्रिकामा रहेको बेलायती पेट्रोलियम कम्पनीमा काम गर्थे।

यो चस्माको साढे दुई लाख रुपैयाँमा लिलामीमा राखेका थिए। तर, यो अत्यधिक मूल्यमा लिलामी भएको छ। तर, यो चार करोड आठ लाख रुपैयाँमा लिलाम भएको छ।

प्रकाशित मिति: १२:३५ बजे, आइतबार, भदौ ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्