सेनाको प्रवक्तामा सहायकरथी पाण्डे
काठमाडौं, चैत १३: सैनिक जनसम्पर्क तथा सूचना निर्देशकको जिम्मेवारी सहायकरथी विज्ञानदेव पाण्डेले पाएका छन्।
दाङस्थित १९ नम्बर....

काठमाडौं, चैत १३: सैनिक जनसम्पर्क तथा सूचना निर्देशकको जिम्मेवारी सहायकरथी विज्ञानदेव पाण्डेले पाएका छन्।
दाङस्थित १९ नम्बर बाहिनीका बाहिनीपति सहायकरथी पाण्डेलाई सैनिक मुख्यालय जङ्गी अड्डाले सेनाको प्रवक्ताको जिम्मेवारी दिएको हो। उनले केही दिनपछि मात्र आफ्नो जिम्मेवारी सम्हाल्ने छन्। हालका प्रवक्ता यामप्रसाद ढकालको पूर्वीपृतनाअन्तर्गत धनकुटाको हिलेस्थित २ नम्बर बाहिनीको बाहिनीपतिमा सरुवा भएको छ।
नेपाली सेनाको प्रवक्ताका रुपमा उनले करीब तीन महिना काम गरे। सहायकरथी ढकाल केही दिनपछि मात्रै आफ्नो कमाण्ड बुझ्न त्यसतर्फ जानेछन्। नेपाली सेनामा सहायकरथीबाट माथिल्लो तहमा पदोन्नति हुन बाहिनी कमाण्ड हुन आवश्यक मानिन्छ। रासस
प्रकाशित मिति: २०:१३ बजे, बुधबार, चैत १३, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार











