विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ लाख नाघ्यो
काठमाडौं, भदौ ६ : विश्वभर कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउने संख्या ८ लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार ८ सय....

काठमाडौं, भदौ ६ : विश्वभर कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउने संख्या ८ लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार ८ सय ४६ जनाको मृत्यु भएसँगै विश्वभर ज्यान गुमाउने संख्या ८ लाख २ हजार ३ सय ८४ पुगेको हो ।
यस्तै पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ४९ हजार नयाँ संक्रमित थपिएपछि विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ३१ लाख नाघेको छ ।
यसैगरी विश्वभर १ करोड ५७ लाख कोरोना संक्रमित निको भएका छन् भने ६६ लाख संक्रमित उपचाररत रहेका छन् ।
प्रकाशित मिति: ०८:५३ बजे, शनिबार, भदौ ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












