Kathmandu Press

भ्रष्टाचार मुद्दामा ५ लाख धरौटी बुझाएर छुटे पूर्वमन्त्री न्यौपाने 

काठमाडौं, चैत १३: पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य बद्री न्यौपाने विशेष अदालतलाई पाँच लाख रुपैयाँ धरौटी बु....

भ्रष्टाचार मुद्दामा ५ लाख धरौटी बुझाएर छुटे पूर्वमन्त्री न्यौपाने 
फाइल फोटो

काठमाडौं, चैत १३: पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य बद्री न्यौपाने विशेष अदालतलाई पाँच लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन्। 

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मीसहितको ३ सदस्यीय संयुक्त इजलासले बुधबार अदालतमा हाजिर भएका न्यौपानेलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महिला, बालबालिका तथा समाज कल्याण मन्त्री हुँदा भृकुटीमण्डपको फन पार्कको जग्गा भाडामा दिँदा अनियमितता गरेको आरोपमा न्यौपानेसहित १४ जनाविरुद्ध गत माघ २१ ग्ते विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको थियो। 

भृकुटीमण्डपको फन पार्कको जग्गा भाडामा दिँदा अनियमितता गरेको भन्दै अख्तियारले पूर्वमन्त्री न्यौपानेसहित १४ जनाविरुद्ध ३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ रुपैयाँ भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।  अख्तियारले पूर्वमन्त्रीद्वय न्यौपानेसहित समाजकल्याण परिषदका तत्कालीन पदाधिकारी उपाध्यक्ष प्रमोद मेहता, सदस्य सचिव रविन्द्रकुमार, कोषाध्यक्ष कुञ्जबिहारीप्रसाद चौधरी, तत्कालीन सदस्यत्रय हरि न्यौपाने, मोहनराज शर्मा र मदनकुमारलाल कर्ण लगायतविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको थियो।

अख्तियारले समाज कल्याण परिषदले प्रचलित मापदण्ड र प्रक्रियाविपरित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा भ्रष्टाचार भएको जनाएको छ।
 

प्रकाशित मिति: १८:५५ बजे, बुधबार, चैत १३, २०७५