Kathmandu Press

निर्वाचन आयोगविरुद्ध सर्वोच्च पुग्यो विवेकशील नेपाली  

काठमाडौं, चैत १३ :  विवेकशील नेपाली दलले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ। 

विवेकशीलले दल दर्ताको लागि दिएको....

निर्वाचन आयोगविरुद्ध सर्वोच्च पुग्यो विवेकशील नेपाली  
फाइल फोटो

काठमाडौं, चैत १३ :  विवेकशील नेपाली दलले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ। 

विवेकशीलले दल दर्ताको लागि दिएको निवेदन आयोगले अस्वीकार गरेको भन्दै बुधबार सर्वोच्चमा रिट दायर गरेको हो। विवेकशीलले गत पुस २७ गते दल दर्ताका लागि निवेदन दिएको थियो। तर, फागुन २८ गते निर्वाचन आयोगले त्यसलाई अस्वीकार गरेको थियो। 

विवेकशील नेपाली दलले भने निवेदन अस्वीकार गर्ने आयोगको निर्णय अन्यायपूर्ण र कानून विपरित भएको दाबी पनि गरेको छ। विवेकशील नेपालीले आयोगमा नयाँ दल दर्ता गर्न निवेदन दिँदा  विवेकशील साझा पार्टीमा ३३ नभई  ३७ जना सदस्य भएको र तीमध्ये  १६ जनाले विवेकशील नेपाली दल दर्ताको लागि निवेदन दिएको उल्लेख गरेको छ।

दल दर्ताका लागि राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको दल सम्बन्धी ऐनको दफा ३३ (२) ले निर्दिष्ट गरे बमोजिम ४० प्रतिशत भन्दा बढी भएको हुनु पर्ने कानूनी प्रावधान छ। विवेशील नेपालीले संविधानले व्यवस्था गरेको भन्दा बढी प्रतिशत सदस्य रहेकाले कानूनसम्मत दल दर्ताका लागि योग्य भएको दाबी गर्दै आएको छ। 

तर, निर्वाचन आयोगले भने विवेशील नेपालीले बुझाएको विवरणमा नयाँ दल दर्ताका लागि आवश्यक संख्या नपुगेको बताएको छ।
 

प्रकाशित मिति: १८:२९ बजे, बुधबार, चैत १३, २०७५