Kathmandu Press

निर्मला हत्या प्रकरणः पूर्वडिएसपी जिसीलाई ९ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश

कञ्चनपुर, चैत १३ : कञ्चनपुर जिल्ला अदालतले तत्कालीन डिएसपी अंगुर जिसीलाई ९ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ। 

बुधबार जिल्ला ....

निर्मला हत्या प्रकरणः पूर्वडिएसपी जिसीलाई ९ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश
फाइल फोटो

कञ्चनपुर, चैत १३ : कञ्चनपुर जिल्ला अदालतले तत्कालीन डिएसपी अंगुर जिसीलाई ९ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ। 

बुधबार जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजलासले केन्द्रीय अनुसनधान ब्युरो (सीआईबी) का पूर्वडिएसपी जिसीलाई ९ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो।  अदालतले जिसीसँग  यातनाविरुद्धको कसुरमा ५ लाख र सार्वजनिक न्यायविरुद्धको कसूरमा ४ लाख रुपैयाँ धरौटी माग गरेको हो। 

पूर्वडिएसपी जिसीमाथि पन्तको बलात्कारपछि हत्या घटनाबारे  अनुसन्धानमा लापरबाही गरेको, प्रमाण नष्ट गरेको तथा हत्या आशंकामा पक्राउ परेका दीलिपसिंह विष्टलाई हिरासतमा यातना दिएको आरोप लागेको छ।

बलात्कारपछि हत्या गरिएकी बालिका पन्तकी आमा दुर्गादेवीले तत्कालिन जिल्ला प्रहरी प्रमुख डिल्लीराज विष्टसहित ७ प्रहरी कर्मचारीविरुद्ध सार्वजनिक न्यायविरुद्धको कसूर र भीमदत्तनगरपालिका– १९ बागफाँटाका दिलिपसिंह विष्टका दाजु खड्क विष्टले यातनाविरुद्धको कसूरमा गत पुस पहिलो साता उजुरी दिएका थिए। 

जिसीको मुद्दामाथि अदालतमा तीन दिनसम्म थुनछेक बयान र बहस चलेको थियो। यसअघि अदालतले निर्मला हत्या प्रकरणको प्रमाण नष्ट गरेको तथा अनुसन्धानका क्रममा पक्राउ परेकाहरुमाथि यातना दिएको अभियोग लागेका कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट साढे १० लाख धरौटी बुझाएर छुटेका थिए।
 

प्रकाशित मिति: १७:५३ बजे, बुधबार, चैत १३, २०७५