विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ लाख नजिक
काठमाडौं, भदौ ५ : विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड २८ लाख नाघेको छ ।
एकैदिन २ लाख ६७ हजार ११० जनामा संक्रमण पुष्टि भएपछि शुक्रब....

काठमाडौं, भदौ ५ : विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड २८ लाख नाघेको छ ।
एकैदिन २ लाख ६७ हजार ११० जनामा संक्रमण पुष्टि भएपछि शुक्रबार बिहानसम्म कोरोना संक्रमितको संख्या २ करोड २८ लाख ५७ हजार ४ पुगेको छ ।
यस्तै एकै दिन थप ६ हजार १८३ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ७ लाख ९७ हजार ९ पुगेको छ ।
संक्रमितमध्ये १ करोड ५५ लाख १२ हजार ५८३ जना संक्रमण मुक्त भएका छन् ।
प्रकाशित मिति: ०७:५९ बजे, शुक्रबार, भदौ ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












