भारतमा २४ घण्टामा ६८ हजार वढी संक्रमित
काठमाडौं, भदौ ५ : भारतमा गएको २४ घण्टामा ६८ हजार भन्दा धेरैमा कोरोना सङ्क्रमण देखिएको छ ।
भारतमा एकैदिन ६८ हजार पाँच सय भन्दा धेरैमा क....

काठमाडौं, भदौ ५ : भारतमा गएको २४ घण्टामा ६८ हजार भन्दा धेरैमा कोरोना सङ्क्रमण देखिएको छ ।
भारतमा एकैदिन ६८ हजार पाँच सय भन्दा धेरैमा कोरोना सङ्क्रमण भएको र नौ सय ८१ जनाको ज्यान गएको वल्डोमिर्टसले जनाएको छ । भारतमा अहिलेसम्म २९ लाख चार हजार भन्दा धेरैमा सङ्क्रमण हुँदा ५४ हजार नौ सय ७५ जनाको ज्यान गैसकेको छ ।
भारतमा हालसम्म २१ लाख ५७ हजार वढी संक्रमित निको भएका छन् । यस्तै गएको २४ घण्टामा कोरोना भाइरसबाट ब्राजिलमा ११ सय १५ जना र अमेरिकामा नौ सय ८५ जनाको ज्यान गएको छ ।
विश्वका दुई सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट एकैदिन पाँच हजार छ सय १७ जनाको ज्यान गएसँगै ज्यान गुमाएका छन् ।
प्रकाशित मिति: ०७:०१ बजे, शुक्रबार, भदौ ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












