Kathmandu Press

कोरोनाभाइरस खोपका लागि अस्ट्रेलिया र अस्ट्राजेनिकाबीच सम्झौता

क्यानबेरा, भदौ ३ : बेलायती–स्वेडिस फर्मास्युटिकल कम्पनी अस्ट्राजेनिकाले विकास गरिरहेको कोरोनाभाइरसको सम्भावित खोप खरिद गर्न सम्झौता गर....

कोरोनाभाइरस खोपका लागि अस्ट्रेलिया र अस्ट्राजेनिकाबीच सम्झौता

क्यानबेरा, भदौ ३ : बेलायती–स्वेडिस फर्मास्युटिकल कम्पनी अस्ट्राजेनिकाले विकास गरिरहेको कोरोनाभाइरसको सम्भावित खोप खरिद गर्न सम्झौता गरिएको अस्ट्रेलियाले घोषणा गरेको छ। 

प्रधानमन्त्री स्कट मरिसनले अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोभिड–१९ को खोप सबै अस्ट्रेलियालीका लागि निःशुल्क वितरण गरिने बताएका छन्। तर यसका लागि उक्त खोपको क्लिनिकल परीक्षण सफल, सुरक्षित र प्रभावकारी हुनुपर्ने उनको भनाई थियो। प्रधानमन्त्री मरिसनले अक्सफोर्डको परीक्षण तेस्रो चरणमा प्रवेश गरेको र यो सफल हुन अझै धेरै काम गर्न बाँकी रहेको जानकारी दिए।  

उनले भने, ‘यदि यो खोप सफल प्रमाणित भए हामी तत्कालै उत्पादन गरेर २ करोड ५० लाख अस्ट्रेलियालीलाई निःशुल्क उपलब्ध गराउने छौं।’

प्रधानमन्त्री मरिसनले अस्ट्रेलियाका छिमेकी मुलुकलाई पनि यो खोप उपलब्ध गराउन सकिने बताएका थिए, तर उनले यस सम्बन्धी विस्तृत विवरण दिन अस्वीकार गरे।  

उनले खोपका बारेमा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडा, पपुवा न्यू गिनीका प्रधानमन्त्री जेम्स मारापे र फिजीका प्रधानमन्त्री फ्रान्क बैनीमारामासँग पनि हालै छलफल गरेका थिए।

मरिसनले भने, ‘अस्ट्रेलियाले प्रशान्त क्षेत्रीय राष्ट्रहरुलाई मद्दत गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।’

प्रकाशित मिति: १५:१२ बजे, बुधबार, भदौ ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्