Kathmandu Press

विप्लवका चार कार्यकर्ता पक्राउ, अछाम जिल्ला इन्चार्ज घाइते

अछाम, चैत १३ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका चार नेता कार्यकर्ता पक्राउ परेका छन्।

रामारोशन गाउँपालिकाको झाता गाउँ....

विप्लवका चार कार्यकर्ता पक्राउ, अछाम जिल्ला इन्चार्ज घाइते

अछाम, चैत १३ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका चार नेता कार्यकर्ता पक्राउ परेका छन्।

रामारोशन गाउँपालिकाको झाता गाउँमा गस्तीमा गएको प्रहरी टोलीले उनीहररूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार, विप्लव निकट अखिल क्रान्तिकारी अछामका कोषाध्यक्ष सुरेश रावत, युवा संगठनका जिल्ला सदस्य सुरेश साउद, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी भूमिसरा धामी र युवा संगठनका राजेन्द्र धामी पक्राउ परेका हुन्।

रामारोशन गाउँपालिकाको झातामा विप्लवका कार्यकर्ता रहेको सूचना पाएपछि प्रहरी टोली मंगलबार त्यहाँ पुगेको थियो । त्यहाँ रहेका नौ जनामध्ये पाँच जना भागेको जनाएको छ । प्रहरीले केही राउन्ड गोली पनि चलाएको छ।

प्रहरीले गोली चलाएपछि भाग्ने क्रममा विप्लवको अछामका इन्चार्ज शेरबहादुर विक ‘दर्शन’को घाइते भएका छन् । उनको खुट्टामा चोट लागेको जनाएको छ।

 

प्रकाशित मिति: १२:११ बजे, बुधबार, चैत १३, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्