ठूला उद्योगमै विदेशी लगानी घट्दो
काठमाडौं, चैत १३ : विदेशी लगानीकर्ताहरूको नेपालमा ठूलो उद्योगमा लगानी घट्दो क्रममा देखिएको छ । उनीहरूको आकर्षण साना उद्योगहरूमा रहेको पाइएको छ।
....काठमाडौं, चैत १३ : विदेशी लगानीकर्ताहरूको नेपालमा ठूलो उद्योगमा लगानी घट्दो क्रममा देखिएको छ । उनीहरूको आकर्षण साना उद्योगहरूमा रहेको पाइएको छ।
तीन वर्ष अघि सरकारले गरेको अन्तर्राष्ट्रिय लगानी सम्मेलन गरेको थियो । त्यसपछि विदेशी लगानीकर्ताले नेपालमा लगानी गर्ने भन्दै १४ खर्बको प्रतिबद्धता जनाएका थिए । तर पछिल्लो समय ठूला लगानीकर्ताभन्दा साना लगानीकर्ताको आर्कषण रहेको उद्योग विभागको तथ्यांकले देखाउँछ।
चालु आर्थिक वर्षमा दुई सय सात वटा घरेलु तथा साना उद्योग दर्ता भएको छन् । तिनमा ११ अर्ब २५ करोड रुपैयाँ विदेशी लगानीको प्रतिवद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै, चालु आर्थिक वर्षको सात महिनामा ६ वटा ठूला उद्योग मात्रै दर्ता भएका छन् । यसमा पाँच अर्ब ४५ करोड रुपैयाँ विदेशी लगानीको प्रतिवद्धता आएको विभागले जनाएको छ ।
गत वर्षभन्दा यो वर्ष उद्योग दर्तामा पनि कमि आएको छ । गत वर्ष तीन सय ७७ साना उद्योग दर्ता भएका थिए भने यो वर्ष दुई सय सात मात्रै दर्ता भए । त्यस्तै, गत वर्ष १५ वटा ठूला उद्योग दर्ता भएका थिए भने यो वर्ष ६ वटा मात्रै दर्ता भएको विभागले जनाएको छ । यो उद्योग दर्ताको संख्या मात्रै घटेको छैन, विदेशी लगानी पनि घटेको छ।
सरकारले चैत १५ र १६ गते लगानी सम्मेलन गर्दैछ । सम्मेलनमा ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने लगानी बोर्डले जनाएको छ । लगानी सम्मेलनमा ३० खर्ब ५० अर्बका निजी र सरकारी गरेर ६४ परियोजना तयार पारिएको छ । जसमा सबैभन्दा बढी जलविद्युत आयोजना छन्।
रेलसमेत लगानी आह्वानको सूचिमा राखिएको छ । विदेशी लगानीका क्षेत्रमा चालू वर्ष खराब अनुभव रहे पनि अहिले हुन लागेको सम्मेलनमा आगामी आर्थिक वर्षमा सुधार हुने र ठुलो उद्योगमा लगानी बढ्ने आशा लगानी बोर्डले गरेको छ।
यस्तो उद्योग र विदेशी लगानीको अवस्था:












-(7)-1765197040.jpg)