विप्लव समूहका भोजपुरा इञ्चार्ज चौरसिया पक्राउ
वीरगञ्ज, चैत १२: प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका भोजपुरा इञ्चार्ज विगाप्रसाद चौरसिया पक्राउ परेका छन्।
प्रहरीले नेत्र....

वीरगञ्ज, चैत १२: प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका भोजपुरा इञ्चार्ज विगाप्रसाद चौरसिया पक्राउ परेका छन्।
प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका भोजपुरा इञ्चार्ज वीरगञ्ज महानगरपालिका–१९ बर्वाटोलका चौरसियालाई पक्राउ गरेको हो। चौरसियालाई साँझ साढे ६ बजे बर्वाटोलबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए।
चौरसियाविरुद्ध मुलुकी अपराध (संहिता) ऐन, २०७४ अन्तर्गत सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरिएको शर्माले बताए।
प्रकाशित मिति: २०:२२ बजे, मंगलबार, चैत १२, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार











