भारतमा कोरोना संक्रमितको संख्या २६ लाख ४७ हजार
काठमाडौं, भदौं १ : भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ५१ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा ९६१ जनाको मृत्यु भएसँगै भारतमा....

काठमाडौं, भदौं १ : भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ५१ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा ९६१ जनाको मृत्यु भएसँगै भारतमा सोमबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ५१ हजार ४५ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै भारतमा एकैदिन ५८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ ।
पछिल्लो २४ घण्टामा ५८ हजार १०८ जना संक्रमित भएसँगै सोमबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या २६ लाख ४७ हजार ३१६ पुगेको हो । संक्रमितमध्ये अहिलेसम्म १९ लाख १८ हजार ७६ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ७८ हजार १९५ जनाको उपचार भइरहेको छ ।
प्रकाशित मिति: ०६:४४ बजे, सोमबार, भदौ १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












