Kathmandu Press

रक्षामन्त्री पोखरेल अमेरिका प्रस्थान

काठमाडौं, चैत १२ः संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत शान्ति सेनाको क्षमता, दक्षता र सुरक्षासम्बन्धी मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन उपप्रधानमन्त....

रक्षामन्त्री पोखरेल अमेरिका प्रस्थान

काठमाडौं, चैत १२ः संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत शान्ति सेनाको क्षमता, दक्षता र सुरक्षासम्बन्धी मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल अमेरिका प्रस्थान गरेका छन् ।

रक्षामन्त्री पोखरेलले चैत्र १५ गते संयुक्त राष्ट्रसंघको मुख्यालय, न्यूयोर्कमा सम्बोधन गर्ने कार्यक्रम छ। सम्बोधनमा संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनाका लागि कार्यरत नेपाली सेना र प्रहरीले पुर्‍याइरहेको योगदानलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्नेछन्। 

रक्षामन्त्रीको निजी सचिवालयका अनुसार, उनले शान्ति स्थापना कार्यलाई आगामी दिनमा थप प्रभावकारी र परिणाममुखी बनाउन आफ्नो तर्फबाट पुर्‍याउन सक्ने योगदानबारे नेपाल सरकारको धारणा प्रस्तुत गर्नेछन्। हाल विश्वका विभिन्न ११ देशका १२ वटा मिसनमा नेपाली सैनिकहरू शान्ति स्थापनार्थ कार्यरत छन्।

मन्त्री पोखरेलले न्युयोर्कमै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेस, उपमहासचिव अतुल खरे, संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना विभागका उपमहासचिव जिन पियरे ल्याक्रोइक्स तथा अमेरिकी वरिष्ठ रक्षा अधिकारीहरूसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम छ। 

भ्रमणका क्रममा मन्त्री पोखरेलले अमेरिकामा रहेका नेपाली समुदाय, उद्यमी-व्यवसायी तथा लगानीकर्तासँग अन्तक्र्रिया गर्ने कार्यक्रमसमेत छ। पोखरेल अमेरिकाको चैत्र २० गते स्वदेश फर्कने छन् ।
 

प्रकाशित मिति: २०:१३ बजे, मंगलबार, चैत १२, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्