ओली सरकारले भ्रष्टाचारलाई संस्थागत गर्योः सिंह
पाँचथर, चैत १२ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचारलाई संस्थागतरुपमा विकास गरेको आरोप लगाएका ....
पाँचथर, चैत १२ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचारलाई संस्थागतरुपमा विकास गरेको आरोप लगाएका छन्।
कांग्रेस पाँचथरले मंगलबार सदरमुकाम फिदिममा आयोजना गरेको कार्यक्रम सिंहले दुई तिहाई बुहमत प्राप्त सरकारले आमजनतालाई अनुभूति हुने गरी कुनै पनि काम गर्न नसकेको बताए। उनले भने,‘दुई तिहाई बहुमतको सरकाले भ्रष्टाचारलाई संस्थागत रुपमा विमात्रै गरेको छ। यो सरकारले देश र जनताका लागि सिन्को पनि भाच्न सकेको छैन।’ उनले सरकाले कामभन्दा धेरै गफ गरेर समय बेथित गरिरहेको बताए।
फरक प्रसंगमा सिंहले नेतृत्वको कार्यशैलीका कारण पार्टी कमजोर भएको बताए। ‘कांग्रेसको विचार एकदमै राम्रो छ। तर, राम्रो विचार भएपनि पार्टी नेतृत्व ठीक नभएकाले हामी कमजोर बनेका छौं,’ सिंहले भने।
उनले महाधिवेशनले पारित गरेको नीति तथा कार्यक्रमहरु नै पार्टीको आधिकारिक धारणा भएकाले कसैले पनि जथाभावी बोल्न नहुने बताए। उनले पार्टीलाई संस्थागत रुपमा चलाउन नसकेकै कारण विपक्षीले फाइदा उठाएको आरोप लगाए।






