बारा, पर्सा र महोत्तरीका थप ४८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, साउन ३० : पर्सा, बारा र महोत्तरीमा थप ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा गरिएको प....

काठमाडौं, साउन ३० : पर्सा, बारा र महोत्तरीमा थप ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये १२ महिला र ३६ पुरुष रहेका छन्।
संक्रमितहरुमा वीरगञ्जका २४, बाराका २१, महोत्तरीका २ र भारतीय महावाणिज्य दूतावासका एक कर्मचारी रहेको नारायणी अस्पतालले जनाएको छ।
योसँगै पर्सामा मात्रै कोरोना संक्रमितको संख्या ११६५ पुगेको छ।
प्रकाशित मिति: १२:२३ बजे, शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












