Kathmandu Press

जग्गा कित्ताकाटसम्बन्धी निर्देशिका त्रुटिपूर्ण: आश्वासन समिति

काठमाडौं, १२ चैत: राष्ट्रियसभाअन्तर्गत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सरकारी आश्वासन उपसमितिको प्रतिवेदनलाई परिमार्जनसहित पार....

जग्गा कित्ताकाटसम्बन्धी निर्देशिका त्रुटिपूर्ण: आश्वासन समिति
प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकको अध्यक्षता गर्दै समिति सभापति रामनारायण विडारी। तस्वीर:रासस

काठमाडौं, १२ चैत: राष्ट्रियसभाअन्तर्गत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सरकारी आश्वासन उपसमितिको प्रतिवेदनलाई परिमार्जनसहित पारित गर्ने निर्णय गरेको छ।

समितिको मंगलबार बसेको बैठकले आर्थिक २०७५-०७६ मा सरकारले ल्याएको नीति तथा कार्यक्रममा पेश भएका विषयवस्तुमाथि एक वर्षमा भए-नभएका कार्यबारे जानकारी लिन सम्बन्धित मन्त्री तथा मन्त्रालयका सरोकार पक्षलाई बैठकमा बोलाउने पनि निर्णय गरेको छ। 

दोहोरो अंकमा आर्थिक वृद्धि गर्ने, शेयर बजारको कारोवार घट्दै गएकामा सरकारको अवधारणा, गत वर्षको तुलनामा घट्दै गएको वैदेशिक लगानी तथा श्वेतपत्रबारे छलफल गरेको उक्त बैठकले गत वर्षको बजेटमा उल्लेख भएका योजना तथा परियोजनाको अध्ययन गरेको छ। 

समितिले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले गत पुस २७ गते जारी गरेको जग्गा कित्ताकाटसम्बन्धी निर्देशिका त्रुटिपूर्ण रहेको ठहर गरेको छ। सरकारले दिएका आश्वासन कार्यान्वयन भए-नभएको, ऐन नियम बनाउँदा संविधानअनुसार भए-नभएको सुझाव दिने तथा देशभरका राष्ट्रिय अभिलेख संरक्षण गर्नका लागि अनुगमन गर्ने र सम्बन्धित पक्षलाई समितिले आवश्यक निर्देशन दिने गर्दछ । 

प्रकाशित मिति: १७:५३ बजे, मंगलबार, चैत १२, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्