Kathmandu Press

वीरगञ्जका ३४ जनामा कोरोना भाइरस संक्रमण

वीरगञ्ज, साउन २९ : नारायणी अस्पताल, वीरगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमा ३४ जना वीरगञ्जकै रहेका छन्....

वीरगञ्जका ३४ जनामा कोरोना भाइरस संक्रमण

वीरगञ्ज, साउन २९ : नारायणी अस्पताल, वीरगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमा ३४ जना वीरगञ्जकै रहेका छन्।

गएराति गरिएको परीक्षणमा ११ महिला र २४ पुरुषमा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ। संक्रमितको सम्पर्कमा आएका व्यक्तिको कोरोना परीक्षण गरिएको हो।

कोरोना संक्रमण देखिएका सबैजसो वीरगञ्जका वासिन्दा रहेका छन्। उनीहरु सातदेखि ५४ वर्षसम्मका रहेको अस्पतालले जनाएको छ। उनीहरु पर्सा र बाराका बासिन्दा रहेका हुन्।

धेरैजसो वीरगञ्जको वडा नं. ९, १० र ११ का छन्। बाराका भने एक जनामा मात्रै रहेको अस्पतालले जनाएको छ। उनी बाराको प्रसौनी गाउँपालिका–१ का युवक हुन्।

 

प्रकाशित मिति: ०९:५५ बजे, बिहीबार, साउन २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्