Kathmandu Press

१५ जना महिला पत्रकार सम्मानित

काठमाडौं, चैत १२: राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालले पुरुष जस्तो महिला पत्रकारलाई रिपोर्टिङ गर्न सहज नभएको बताएकी छिन्।

क्रियाशिल....

१५ जना महिला पत्रकार सम्मानित

काठमाडौं, चैत १२: राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालले पुरुष जस्तो महिला पत्रकारलाई रिपोर्टिङ गर्न सहज नभएको बताएकी छिन्।

क्रियाशिल महिला पत्रकारको संस्था (डब्लुडब्लुजे)ले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले एकातिर घर परिवारको जिम्मेवारी अर्कोतिर आवाजबिहीनको आवाज खोज्न जाँदा महिला पत्रकारलाई चुनौती थपिएको बताइन्। कार्यक्रममा महिला हिंसा लगायत पछाडि परेका महिलाका विषयमा कलम चलाउने १५ जना पत्रकार महिलालाई सम्मान पनि गरिएको थियो।

सम्मानित हुनेहरूमा पत्रकारहरु अछरी पोखरेल, अन्जना ताम्ली, आरती चटौत, उषा तितिक्षु, निर्मला आचार्य, प्रेमकुमारी पन्त, बबिता बस्नेत, रम्यता लिम्बु, रमा पराजुली, राधा बुढाथोकी, रीता गुरुङ, लिला शाह, संगीता लामा, सरला संग्रौला र हरिकला अधिकारी रहेका छन्। उनीहरू सबैलाई राष्ट्रिय सभाकी उपाध्यक्ष दाहालले सल र खादा ओढाएर सम्मान गरेकी थिइन्।

सम्मानित हुने महिलाको प्रोफाइल समेटिएको ‘क्रियाशील पत्रकार महिला’ नामक पुस्तकको पनि कार्यक्रममा विमोचन गरिएको थियो। पुस्तकको अंग्रेजी संस्करण ‘वर्किङ विमेन जर्नलिष्ट’ पनि कार्यक्रममा विमोचन गरिएको छ।
 

प्रकाशित मिति: १७:२१ बजे, मंगलबार, चैत १२, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्