काठमाडौंका सडक अब सफाचट, महानगरले सञ्चालनमा ल्यायो ब्रुमर
काठमाडौं, चैत १२: काठमाडौं महानरपालिकाले सडक सफा राख्न पाँचवटा ब्रुमर सञ्चालनमा ल्याएको छ।
मंगलबार काठमाडौंको राष्ट्रिय सभा....
काठमाडौं, चैत १२: काठमाडौं महानरपालिकाले सडक सफा राख्न पाँचवटा ब्रुमर सञ्चालनमा ल्याएको छ।
मंगलबार काठमाडौंको राष्ट्रिय सभा गृहमा एक समारोहकाबीच महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सडकको धुलो सफा गर्ने ब्रुमरको औपचारिकरुपमा सुरुवात गरेका हुन्।
ब्रुमरको उद्घाटन गर्दै मेयर शाक्यले काठमाडौंका सडक सफा गर्ने आफ्नो अभियान सफल हुँदै गएको बताए। उनले अब साँघुरा सडक र गल्लीमा पनि ब्रुमर चलाउने आफ्नो योजना रहेको पनि बताए। उनले केही समयमै थप दुई वटा ब्रुमर थप गरिने जानकारी दिए।

महानगरपालिकाले झण्डै ११ करोडको लागतमा इटालीबाट ५ वटा ब्रुमर हालै भित्र्याएको थियो। पाँचवटा ब्रुमर टेकुलाई केन्द्र बनाएर चक्रपथभित्रका सडक सरसफाइको काम गर्ने मेयर शाक्यले जानकारी दिए। उनका अनुसार ब्रुमरले टेकु, कालिमाटी, कलंकी, बल्खु, सुन्धारा, लैनचौर, दरबारमार्ग, पुरानो बानेश्वर, मध्यबानेश्वर, भद्रकाली लगायत सबै ठाँउका सडकको धुलो सफा गर्नेछ।

डिजेलबाट चल्ने ब्रुमरमा पाँच सय लिटर पानी र ४.६८ घनमिटर धुलो भण्डारण गर्न सक्ने क्षमता रहेको महानगरपालिकाले जनाएको छ।







