Kathmandu Press

कांग्रेसको अनुशासन समितिले माग्यो उजुरी, चैत मसान्तसम्मको समयसीमा

काठमाडौं, चैत १२: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टी हितविपरित काम गर्ने पार्टी सदस्यविरुद्ध उजुरी दिन आह्वान गरेको छ। ....

कांग्रेसको अनुशासन समितिले माग्यो उजुरी, चैत मसान्तसम्मको समयसीमा
फाइल फोटो

काठमाडौं, चैत १२: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टी हितविपरित काम गर्ने पार्टी सदस्यविरुद्ध उजुरी दिन आह्वान गरेको छ। 

मंगलबार बसेको समितिको बैठकले पार्टीका कुनै पनि सदस्यले पार्टी हित विपरितका कुनै पनि काम, कारबाही वा गतिविधि गरेको भए उजुरी दर्ता गर्न आह्वान गर्ने निर्णय गरेको समितिका संयोजक भिष्मराज आङ्गदेम्वेले जानकारी दिए। उनका अनुसार उजुरी दर्ताका लागि चैत मसान्तसम्मको समयसीमा दिइएको छ। 

समितिमा प्राप्त हुने उजुरीमाथि समितिले गम्भीररुपले छानविन गर्ने समितिका संयोजक आङ्गदेम्वेले बताए। बैठकले पार्टीका कुनै पनि नेता तथा कार्यकर्ताले पार्टी हित विपरितका काम, कारवाही र गतिविधिहरु लिखित रुपमा, अभिव्यक्तिद्वारा वा सामाजिक सञ्जालमार्फत सार्वजनिक रुपमा प्रकट नगर्न पनि सचेत गराएको उनले जानकारी दिए।

बैठकले कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०७५ लाई पारित पनि गरेको छ।
 

प्रकाशित मिति: १६:३७ बजे, मंगलबार, चैत १२, २०७५