पाल्पामा जीप दुर्घटना, २ जनाको मृत्यु
काठमाडौं, साउन २८ : पाल्पाको गल्धामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन् ।
निस्दी गाउँपालिकाको गल्धा....

काठमाडौं, साउन २८ : पाल्पाको गल्धामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन् ।
निस्दी गाउँपालिकाको गल्धामा लु १ ज २८८७ नम्बरको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। दुर्घटनामा स्थानीय ६३ वर्षीय ठाकुरप्रसाद फाल र ३ महिने नाम नखुलेका बालकको घटनास्थलमै मृत्यु भएको हो।
जीप सडकबाट सातसय मिटर तल खसेको प्रहरीले जनाएको छ। घाइतेहरुको उपचारका लागि सदरमुकाम तानसेन पठाएको जनाइएको छ । जीप सडकबाट करिब ७ सय मिटर तल खसेको थियो ।
दुर्घटनापछि चालक र सह–चालक फरार रहेको जनाइएको छ ।
प्रकाशित मिति: ०८:०३ बजे, बुधबार, साउन २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












