वाइडवडी जहाज ट्याक्सी–वे अड्किदा, विमानस्थलमा उडान र अवतरणमा समस्या
काठमाडौं, चैत १२ : नेपाल वायुसेवा निगम एयरबस ३३०–२०० को वाइडबडी सिरिजको ‘अन्नपूर्ण’ जहाज त्रिभुवन विमानस्थलमा ट्याक्सी–वे अड्क....
काठमाडौं, चैत १२ : नेपाल वायुसेवा निगम एयरबस ३३०–२०० को वाइडबडी सिरिजको ‘अन्नपूर्ण’ जहाज त्रिभुवन विमानस्थलमा ट्याक्सी–वे अड्किदा विमानस्थलमा झन्डै तीन घण्टा उडान र अवतरणमा असर पारेको छ।
‘मंगलबार दिउँसो जहाजलाई पार्किङबाट ट्याक्सी–वे बाट ह्याङ्गरतर्फ जहाजलाई तानेर लैजाने क्रममा ह्विल लक भएपछि झन्डै तीन घण्टा विमानस्थलमा समस्या आयो,’ विमानस्थल स्रोतले भन्यो। जहाज पर्किङबाट चेकिङका लागि निगमको ह्याङ्गरतर्फ लैजाने क्रममा खुल्नु पर्ने ह्विलको लक लागेपछि समस्या आएको हो।
धकलेर लैजाने क्रममा विग्रिएपछि पार्किङ–वेमा जहाज अड्किएपछि साढे २ घण्टा जहाज उडान-अतवरणमा समस्या आएको थियो। जसका कारण अन्तर्राष्ट्रिय केही उडानहरुलाई डाइभर्ट समेत गरिएको थियो भने धेरै आन्तरिक उडान प्रभावित भएका थिए। अहिले केहीबेर अगाडिमात्रै ह्याङ्गरमा जहाज लैजान सफल भएकाले सहज हुँदै गएको विमानस्थल स्रोतले जनाएको छ।






