भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ हजार नाघ्यो
काठमाडौं, साउन २७ : भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा ८८७ जनाको मृत्यु भएपछि भारतम....

काठमाडौं, साउन २७ : भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा ८८७ जनाको मृत्यु भएपछि भारतमा मंगलबार बिहान यो समाचार तयार पार्दासम्म ज्यान गुमाउनेको संख्या ४५ हजार ३५३ पुगेको वर्ल्डोमिटर्सले जनाएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ५३ हजार १६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २२ लाख ६७ हजार १५३ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म १५ लाख ८१ हजार ६४० जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ४० हजार १६० जनाको उपचार भइरहेको छ ।
प्रकाशित मिति: ०६:४७ बजे, मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












