Kathmandu Press

शेयर बजारमा फेरि देखियो सकारात्मक संकेत 

काठमाडौं, साउन २६ :  साताको दोस्रो दिन पनि उच्च विन्दुमा गएर बजार बन्द भएको छ। 

सोमबार बजार २  दशमलव ७१ प्रतिशतले वृद्धि भएको....

शेयर बजारमा फेरि देखियो सकारात्मक संकेत 

काठमाडौं, साउन २६ :  साताको दोस्रो दिन पनि उच्च विन्दुमा गएर बजार बन्द भएको छ। 

सोमबार बजार २  दशमलव ७१ प्रतिशतले वृद्धि भएको छ। नेप्से परिसूचक ३७ दशमलव ७४ अंकले बढेर १४३० दशमलव ४१ को विन्दुमा बन्द भएको छ।
 
१३९४ दशमलव ७८ को विन्दुमा खुलेको बजार १४३० दशमलव ४१ को उच्च विन्दुसम्म पुगेको थियो। बजारको न्यून विन्दु १३९४ दशमवल ७८ रहेको थियो।   कारोबार रकम भने १ अर्ब ५५ करोड छ।

आजको बजारको अवस्था 

Hardik ivf

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर सर्वाधिक किनबेच भएको छ। नेपाल पुनर्बीमा कम्पनीको १२ करोड ३१ लाख बराबरको शेयर किनबेच भएको छ। 


आज सर्वाधिक कमाउने र गुमाउने 
आज अजोड इन्स्योरेन्स, साधान लघुवित्तका शेयरधनीले सर्वाधिक ९ प्रतिशतभन्दा बढी प्रतिशतले कमाए भने दिव्यश्वरी हाइड्रोपावरका शेयरधनीले सर्वाधिक ५ दशमवल ७० प्रतिशतले गुमाए।

छोटो समयावधिको प्राविधिक विश्लेषण 

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा दैनिक मैनबत्ती विश्लेषण अनुसार बजार हाल मुख्य टेवा प्राप्त गरी बढ्दो प्रवृत्तिमा रहेको देखिन्छ। आजको बजार प्रवृत्तिले ‘बुलिस मारुबोजु’ आकृति बनाएको छ। 

दुई कारोबार दिन अघिदेखि मुख्य टेवा क्षेत्रमा क्रमशः ‘बुलिस पिन बार’ बनाएको थियो। यसले बजारमा विक्रेतालाई बजारले अस्वीकार गरेको देखिन्थ्यो। आजको बजारले विक्रेतालाई पूर्ण रुपमा अस्वीकार गरेको देखिन्छ र अर्को कारोबार दिन पनि बजार सकारात्मक हुन सक्ने संकेत गरेको छ। आजको परिमाण पनि सकारात्मक रहेको छ।

चित्र नम्बर २ 

चित्र नं.२ मा, आजको शेयर बजारको रेखा प्रवृत्ति देखाइएको छ। यसले आज बजार पूर्ण रुपले बढ्दो प्रवृत्तिमा रहेको देखिन्छ। 

निष्कर्ष : माथि उल्लेखित बजारको प्रवृत्तिलाई समग्र रुपमा हेर्दा बजार पुनः सकारात्मक हुन थालेको देखिन्छ। र, अर्को तत्कालीन प्रतिरोध १४७० को क्षेत्रमा रहेको देखिन्छ। हाल बजारको तत्कालीन टेवा १३९५ को क्षेत्रमा रहेको देखिन्छ। 

प्रकाशित मिति: १९:२० बजे, सोमबार, साउन २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्