Kathmandu Press

सर्लाहीमा पनि निषेधाज्ञा, घर बाहिर निस्कन रोक

सर्लाही, साउन २६ : कोरोना भाइरस फैलिन नदिन सर्लाहीमा पनि निषेधाज्ञा जारी गरिएको छ। अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन रोक लगाइएको छ।

सर्लाह....

सर्लाहीमा पनि निषेधाज्ञा, घर बाहिर निस्कन रोक
फाइल फाेटाे

सर्लाही, साउन २६ : कोरोना भाइरस फैलिन नदिन सर्लाहीमा पनि निषेधाज्ञा जारी गरिएको छ। अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन रोक लगाइएको छ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सोमबारदेखि सात दिनका लािग निषेधाज्ञा जारी गरिएको बताए। कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित जिल्लास्तरीय कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को सिफारिसका आधारमा निषेधाज्ञा जारी गरिएको उनले बताए।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) तथा संक्रामक रोग ऐन, २०२० बमोजिम साउन २६ गते सोमबार बिहान ६ बजेदेखि साउन ३२ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यो अवधिमा अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन निषेध गरिएको छ। खाद्यान्न र तरकारी पसल प्रत्येक दिन दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म खुला राखी भौतिक दूरी कायम गराई खरिद बिक्री गर्ने जनाएको छ।

त्यस्तै, स्वास्थ्य, विद्युत्, दुरसंचार, खानेपानी, दूध, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि, खाद्यान्न, तरकारी, पशुपंक्षीको दाना र कृषि कार्यबाहेकका अन्य बैंक तथा वित्तीय संस्था र कार्यालयहरुबाट प्रदान गरिने सेवा पनि तत्कालका लागि बन्द गरिएको छ।

प्रदेश २ का अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। वीरगञ्जमा कोरोना संक्रमण दिनदिनै फैलिन थालेपछि अन्य जिल्ला पनि सतर्कता अपनाउन निषेधाज्ञा जारी गरेका छन्।

 

प्रकाशित मिति: १३:०३ बजे, सोमबार, साउन २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्