Kathmandu Press

विप्लवसँग वार्ताको ढोका बन्द गरिएको छैन : नेपाल

चितवन, चैत १२ : नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग वार्ता र....

विप्लवसँग वार्ताको ढोका बन्द गरिएको छैन : नेपाल

चितवन, चैत १२ : नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग वार्ता र संवादको ढोका बन्द नगरेको बताएका छन्।

आज प्रेस चौतारी र प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वार्ता र संवादबाट समस्याको समाधान हुने बताए । उनले भने, ‘लगानी सम्मेलनको तयारी गरिएको छ, लगानीकर्तालाई बम पड्काएर, धम्की दिएर कसरी लगानी सम्मेलन सफल हुन्छ ?’ यस्तो अवस्थामा बाह्य र आन्तरिक लगानीमा मान्छेको रुचि नहुने भन्दै उनले त्रास र आतंकमुक्त गर्न राज्यले प्रयत्न गरिरहेको बताए।

त्यसैअन्तर्गत विप्लवका गतिविधिलाई सरकारले नियन्त्रणमा लिएको उनको भनाइ थियो । उनले भने, ‘नेत्रविक्रम चन्दले आफैँले पहल गरी शान्तिपूर्ण अवतरण हुने काम गर्नुभयो भने उहाँहरुको पनि शक्ति, ऊर्जा, अनुभव यो देशलाई रुपान्तरण गर्ने काममा प्रयोग हुन्छ।’

वरिष्ठ नेता नेपालले चन्द समूहलाई संवादका माध्यमबाट समस्या समाधान गर्न सोमप्रसाद पाण्डे नेतृत्वको टोलीले प्रयास जारी राखेको बताए।

एक अर्को प्रसंगमा सबै धर्मलाई सम्मान गर्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘व्यक्तिको स्वतन्त्रता हो धर्म छनोट गर्ने तर, कसैले जबर्जस्ती गराउँछ भने दण्डको भागीदार हुनुपर्छ।’

उनले होली वाइन बारेको प्रश्नका सन्दर्भमा प्रष्ट पार्दै भने, ‘माधव नेपालले वाइन खाने कुराको कल्पनासमेत नगर्नुहोस्, म छुँदा नी छुन्नँ ।’ ०५२ मा पार्टीभित्र मदिरा निषेध गर्न आफूले अभियाननै चलाएको उनको भनाइ थियो।

प्रकाशित मिति: १३:१९ बजे, मंगलबार, चैत १२, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्