पर्साका थप २२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, साउन २६ : पर्सामा सोमबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २२ जनामा संक्रमण पुष्ट....

काठमाडौं, साउन २६ : पर्सामा सोमबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २२ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमित मध्ये ६ महिला र १६ पुरुष रहेका छन्। संक्रमितहरु १८ देखि ५० वर्ष उमेर समूहका रहेका अस्पतालले जनाएको छ।
जसमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत चार प्रहरी, पोखरिया अस्पतालका तीन स्वास्थ्यकर्मी, नारायणी अस्पतालका एक कर्मचारी र औषधि उद्योगका तीन जना कर्मचारीसमेत रहेका छन्।
योसहित पर्सामा कोरोना संक्तमिमतको संख्या एक हजार ३७ पुगेको छ। साथै, कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या २१ पुगेको छ।
प्रकाशित मिति: ११:५६ बजे, सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












