विप्लवका नवलपरासी इञ्चार्जसहित दुई पक्राउ
नवलपरासी, चैत १२ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नवलपरासी इन्चार्जसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
सोमबार ....
नवलपरासी, चैत १२ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नवलपरासी इन्चार्जसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
सोमबार राति नवलपरासी इन्चार्ज गंगा ज्ञवालीलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी बर्दघाट–४ स्थित घरमै रहेको सूचना पाएपछि प्रहरी टोली राति नै पक्राउ गर्न पुगेको थियो । उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको एसपी राजेन्द्रप्रसाद भट्टले बताए।
त्यस्तै, नवलपरासी पूर्वबाट विप्वलकै जिल्ला सदस्य धनबहादुर मर्दनियालाई पक्राउ गरिएको छ । कावासोती नगरपालिका–१५, शेरगञ्जका मर्दनियालाई पनि घरबाटै पक्राउ गरिएको नवलपुरका डीएसपी अर्जुन रानाभाटले बताए।
प्रकाशित मिति: १२:१५ बजे, मंगलबार, चैत १२, २०७५
थप समाचार






