Kathmandu Press

नेप्सेमा धर्ना बसेका ११ सेयर लगानीकर्ता पक्राउ

काठमाडौं, चैत १२ः आन्दोलनमा उत्रिएका सेयर लगानीकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा धर्नामा बसेका सेयर लगानीकर्....

नेप्सेमा धर्ना बसेका ११ सेयर लगानीकर्ता पक्राउ

काठमाडौं, चैत १२ः आन्दोलनमा उत्रिएका सेयर लगानीकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा धर्नामा बसेका सेयर लगानीकर्ता दबाब समूहका सदस्यहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले धर्नामा रहेका ११ जना आन्दोलनकारीलाई पक्राउ गरेको दबाब समूहले जनाएको छ । उनीहरूलाई महानगरीय प्रहरी वृत अनामनगरमा राखिएको छ।

दबाब समूहका सदस्यहरू बिहान १० बजे नै नेप्सेमा धर्ना दिन पुगेका थिए।

प्रकाशित मिति: १२:०२ बजे, मंगलबार, चैत १२, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्