Kathmandu Press

विप्लवको १२ दिने विरोधमा जुलुसदेखि आमहड्ताल

काठमाडौं, चैत १२ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले भोलीदेखि १२ दिने आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ।

विप्लवको ....

विप्लवको १२ दिने विरोधमा जुलुसदेखि आमहड्ताल

काठमाडौं, चैत १२ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले भोलीदेखि १२ दिने आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ।

विप्लवको स्थायी समिति सदस्य एवं मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’सहित एक दर्जन नेता पक्राउ परेको विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । विप्लवले प्रेस विज्ञप्ती जारी गरि पक्राउ गरिएका नेता–कार्यकर्तालाई तत्काल रिहा गर्न माग गरेका छन्।

उनले वर्तमान सरकारलाई ‘फासीवादी’को संज्ञा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई संकटतिर लग्न खोजेको विप्पलवको आरोप छ।

उनले आफ्नो पार्टीमाथि लगाएको प्रतिबन्ध तत्काल फिर्ता लिन पनि माग गरेका छन् । चैतभित्र आफ्नो पार्र्टीमाथि लगाएको प्रतिबन्ध नहटाए सरकारका कार्यक्रमविरुद्ध प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्।

विप्लवले चैत १३ गते देशव्यापी जुलुस प्रदर्शन गर्ने जनाएका छन् । त्यस्तै, १६ गते शनिबार आमहड्तालको आह्वान गरेका छन् । एसइईलाई ध्यानमा राखेर शनिबार आमहड्तालको कार्यक्रम राखिएको जनाएको छ।

यस्तो त विप्लवको विज्ञप्ती

 

प्रकाशित मिति: ११:५४ बजे, मंगलबार, चैत १२, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्