Kathmandu Press

कोरोना कहर : विश्वभर झण्डै २ करोड संक्रमित 

काठमाडौं, साउन २५ : विश्वभर झण्डै दुई करोड मानिसलाई कोरोना संक्रमण भएको छ । पछिल्लो तथ्यांकअनुसार विश्वमा १ करोड ९८ लाख २ हजार जनामा संक्रमण देखिएको ह....

कोरोना कहर : विश्वभर झण्डै २ करोड संक्रमित 

काठमाडौं, साउन २५ : विश्वभर झण्डै दुई करोड मानिसलाई कोरोना संक्रमण भएको छ । पछिल्लो तथ्यांकअनुसार विश्वमा १ करोड ९८ लाख २ हजार जनामा संक्रमण देखिएको हो ।  हालसम्म ७ लाख २९ हजार ५ सय ६४ जनाले ज्यान गुमाउँदा एक करोड २७ लाख २० हजार भन्दा धेरै मानिस निको भइसकेका छन्।  

यस्तै  एकैदिन २ लाख ६१ हजार संक्रमित थपिएका छन् । संक्रमितमध्ये  सबैभन्दा धेरै भारतका रहेका छन्। भारतमा ६५ हजार १ सय ५६ जना थपिएका हुन्।  त्यस्तै अमेरिकामा ५३ हजार ४ सय, ब्राजिलमा ४६ हजार ३ सयमा कोरोना संक्रमण पुष्टि भएको छ।

Hardik ivf

दक्षिण अफ्रिकामा ७ हजार ७ सय, मेक्सिकोमा ६ हजार ७ सय, कोलम्बियामा ९ हजार ६ सय र रुसमा ५ हजार २ सय संक्रमित थपिएका छन्।  यस्तै पछिल्लो २४ घन्टामा  कोरोनाका कारण विश्वभर पाँच हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ।

मृत्यु हुनेमा सबैभन्दा धेरै अमेरिकाका रहेका छन्। त्यहाँ झन्डै एक हजार जनाको मृत्यु भएको छ। भारतमा ८ सय ७५, ब्राजिलमा ८ सय ४१, र मेक्सिकोमा ७ सय ९४ जनाको मृत्यु भएको छ। 
 

प्रकाशित मिति: ०७:५८ बजे, आइतबार, साउन २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्