कांग्रेस नेता सिटौला डिस्चार्ज
काठमाडौं, चैत १२ : पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला अस्पतालबाट डिस्चार्ज भएका छन्।
काठमाडौंको ह....

काठमाडौं, चैत १२ : पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला अस्पतालबाट डिस्चार्ज भएका छन्।
काठमाडौंको ह्याम्स अस्पतालमा उपचार गराइरहेका सिटौला पाँच दिनपछि डिस्चार्ज भएका हुन् । उनी सन्चो लागेपछि आज घर फर्किएका हुन् ।
उनी शुक्रबार साँझ अस्पताल भर्ना भएका थिए । उनको रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको थियो।
त्यस्तै, रक्तचाप समेत घटेकाले आइसीयूमा राखेर उपचार गरिएको थियो।
प्रकाशित मिति: ११:१५ बजे, मंगलबार, चैत १२, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार