Kathmandu Press

रियललाई हराउँदै म्यानचेष्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

काठमाडौं, साउन २४ :  रियल मड्रिडलाई पराजित गर्दै म्यानचेष्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइलनमा प्रवेश गरेको छ।

गएराति घरेलु रंगशालम....

रियललाई हराउँदै म्यानचेष्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

काठमाडौं, साउन २४ :  रियल मड्रिडलाई पराजित गर्दै म्यानचेष्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइलनमा प्रवेश गरेको छ।

गएराति घरेलु रंगशालमा भएको खेलमा रियल मड्रिडलाई पराजित गर्दै सिटी क्वाटरफाइनल प्रवेश गरेको हो। डिफेन्सले गम्भीर गल्ती गरेपछि रियल म्यानचेष्टर सिटीसँग २–१ ले पराजित भयो। र, समग्रमा ४–२ ले पराजित गर्दै सिटी क्वाटरफाइलन प्रवेश गरेको हो।

बर्नाबेउमा भएको पहिलो लेगमा पनि रियल सिटीसँग २–१ ले नै पराजित भएको थियो। योसँगै रियल सन् २००९-१० पछि पहिलो पटक लगातार दुई सिजन अन्तिम १६ बाटै बाहिरियो। अघिल्लो सिजन पनि रियल मड्रिड डच क्लब आजाक्ससँग पराजित हुँदै अन्तिम १६ मै रोकिएको थियो।

खेलको सुरुवातमै सिटीले गोल गरेपछि रियल दबाबमा आएको थियो। नवौं मिनेटमा जेससको पासमा राहिम स्टर्लिङको गोलमा सिटीले अग्रता लियो।

२८ औं मिनेटमा रोड्रिगोको गोयसको पासमा करिम बेन्जिमाले हेडिङ गोल गर्दै खेललाई बराबरीमा ल्याए। ६८ औं मिनेटमा जेससले उत्कृष्ट फिनिसिङ गर्दै सिटीलाई पुनः अग्रता दिलाए। त्यसपछि कुनै गोल नहुँदा सिटी २–१ ले विजयी भयो। 

पोर्चुगलको लिस्बनमा हुने क्वाटरफाइनलमा सिटीले अब फ्रेन्च क्लब लियोनसँग खेल्ने छ। लियोन इटालियन क्लब युभेन्ट्सलाई हराउँदै अन्तिम ८ पुगेको हो।

प्रकाशित मिति: १०:५९ बजे, शनिबार, साउन २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्