Kathmandu Press

शशांक कोइराला भन्छन्:पार्टीभित्र भावनात्मक एकताका लागि प्रयासरत छु

बर्दिया, चैत ११ : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्र भावनात्मक एकताका लागि आफूले अभियान थालेको बताएका छन्।

बर....

शशांक कोइराला भन्छन्:पार्टीभित्र भावनात्मक एकताका लागि प्रयासरत छु

बर्दिया, चैत ११ : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्र भावनात्मक एकताका लागि आफूले अभियान थालेको बताएका छन्।

बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकनपछि सोमबार ठाकुरबाबा नगरपालिकामा आयोजित कार्यक्रममा महामन्त्री कोइरालाले मुलुकमा कम्युनिष्टहरु एकताबद्ध भएका बेला कांग्रेसमा भावनात्मक एकता हुनु आवश्यक रहेको बताए। आफूले कांग्रेसमा भावनात्मक एकताको अभियान थालेको भन्दै उनले आम नेता–कार्यकर्ताहरुलाई साथ दिन पनि अपिल गरे।

‘मुलुक कम्युनिष्टमय भएको छ। यो अवस्थामा कांग्रेसमा भावनात्मक एकता भएन भने लोकतन्त्रमाथि पनि खतरा छ,’उनले भने,‘त्यसैले अब कांग्रेसमा भावनात्मक एकता हुन जरुरी छ। मैले त्यही भएर अभियान सुरु गरेको हुँ।’ महामन्त्री कोइरालाले कम्युनिष्टहरु निरकुशतातर्फ अगाडि बढेको आरोप लगाए।

उनले प्रधानमन्त्री केपी शर्मा ओली सेनालाई आफ्नो मताहतमा राखेर निरकुंशतातर्फ उन्मुख हुन लागेको बताए। ‘राजनीतिबाट मुक्त रहेको नेपाली सेनालाई प्रधानमन्त्री मताहतमा ल्याएर सेनामाथि नियन्त्रण गर्न खोजिँदै छ,’उनले भने,‘जसका कारण मुलुकको लोकतन्त्रमाथि खतरा सुरु भएको छ।’

उनले सरकारले मुलुकलाई द्वन्द्वमा फसाउन खोजेको पनि बताए। कोइरालाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहको असन्तुष्टिलाई समयमै समाधान गर्नुको साटो प्रतिबन्ध लगाएर मुलुकलाई द्वन्द्वमा फसाउन सरकार लागेको आरोप लगाए।
 

प्रकाशित मिति: १८:५० बजे, सोमबार, चैत ११, २०७५