Kathmandu Press

प्रमुख निर्वाचन आयुक्तमा बहालवाला सचिव थपलिया सिफारिस 

काठमाडौं, चैत ११ : निर्वाचन आयोगको प्रमुख आयुक्तमा बहालवाला सचिव दिनेशकुमार थपलिया सिफारिस भएका छन्।

सिंहदरबारमा सोमबार अपरान्ह बसेको स....

प्रमुख निर्वाचन आयुक्तमा बहालवाला सचिव थपलिया सिफारिस 
फाइल फोटो

काठमाडौं, चैत ११ : निर्वाचन आयोगको प्रमुख आयुक्तमा बहालवाला सचिव दिनेशकुमार थपलिया सिफारिस भएका छन्।

सिंहदरबारमा सोमबार अपरान्ह बसेको संवैधानिक परिषदको बैठकले बहालवाला सचिव थपलियालाई निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको परिषद्का सदस्य एवं राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए।

थपलिया संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत सचिव हुन्।  यादवसँगै अवकास पाएकी आयुक्त इला शर्माको ठाउँमा भने अर्को व्यक्ति सिफारिस गरिएको छैन। 

संवैधानिक परिषदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवा भने अनुपस्थित थिए। देउवाको अनुपस्थितिविनै बसेको संवैधानिक परिषदको बैठकले समावेशी आयोगको सदस्यमा मकवानपुरकी विष्णुमाया ओझालाई नियुक्त गर्न सिफारिस पनि गरेको तिमिल्सिनाले बताए।

प्रकाशित मिति: १७:४७ बजे, सोमबार, चैत ११, २०७५