Kathmandu Press

कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ७ लाख नाघ्यो 

काठमाडौं, साउन २१ : विश्वभर कोरोना भाईरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७ लाख नाघेको छ । वल्डोमिर्टसको पछिल्लो अपडेट अनुसार विश्वमा कोरोनाबट मृत्यु....

कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ७ लाख नाघ्यो 

काठमाडौं, साउन २१ : विश्वभर कोरोना भाईरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७ लाख नाघेको छ । वल्डोमिर्टसको पछिल्लो अपडेट अनुसार विश्वमा कोरोनाबट मृत्यु हुनेको संख्या ७ लाख ४ हजार २ सय ३२ पुगेको हो । 

यस्तै १ करोड ८६ लाख ९१ हजार ६ सय ८६ जना संक्रमित भएका छन्। यसैगरी हालसम्म १ कारोड १९ लाख मानिस संक्रमण मुक्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

Hardik ivf

विश्वभर एकै दिन २ लाख ५४ हजार कोरोना संक्रमित थपिएका छन्। थपिएकामध्ये सवैभन्दा धेरै ब्राजिलका ५६ हजार ४०० रहेका छन्। त्यस्तै अमेरिकामा ५४ हजारमा कोरोना पुष्टि भएको छ।  छिमेकी देश भारतमा ५१ हजार संक्रमित थपिएका छन्। कोरोना भाइरसको संक्रमणका कारण विश्वभर हिजो एकैदिन ६ हजार भन्दा धेरैको मृत्यु भएको छ। 

ज्यान गुमाउनेमा सवैभन्दा धेरै ब्राजिलका रहेका छन्। त्यहाँ १३ सय ९४ को मृत्यु भएको अन्र्तराष्ट्रिय संचार माध्ययमले जनाएका छन्। ब्राजिलमा हालसम्म ९६ हजारको मृत्यु भएको छ। अमेरिका हिजो एकैदिन १३ सय मानिसको मृत्यु भएको छ। 

त्यस्तै भारतमा ८ सय भन्दा धेरैको मृत्यु भएको छ भने त्यहाँ हालसम्म ३९ हजार ८ सयले ज्यान गुमाएका छन्।    

प्रकाशित मिति: ०७:३० बजे, बुधबार, साउन २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्