Kathmandu Press

लेबनाननको राजधानीमा बेइरुतमा शक्तिशाली विष्फोट, कम्तीमा ७० को मृत्यु

काठमाडौं, साउन २१ : लेबनाननको राजधानी बेइरुतमा शक्तिशाली विष्फोटमा परी ७० भन्दा बढीले ज्यान गुमाएका छन् । चार हजार भन्दा बढी घाइते भएको त्यहाँका ....

लेबनाननको राजधानीमा बेइरुतमा शक्तिशाली विष्फोट, कम्तीमा ७० को मृत्यु
Hardik ivf

काठमाडौं, साउन २१ : लेबनाननको राजधानी बेइरुतमा शक्तिशाली विष्फोटमा परी ७० भन्दा बढीले ज्यान गुमाएका छन् । चार हजार भन्दा बढी घाइते भएको त्यहाँका स्वास्थ्यमन्त्रीले जनाएका छन्। एउटा गोदाममा ६ वर्षदेखि राखिएको विष्फोटक पदार्थ विष्फोट भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

राष्ट्रपति मीसेल आउनले आफ्नो ट्वीटमा २७ सय ५० टन अमोनियम नाइट्रेट असुरक्षित रूपमा राखिनु “अस्वीकार्य”रहेको बताएका छन्। प्रधानमन्त्री हासान डीयाबले उक्त घटनालाई विपत्तिको संज्ञा दिँदै दोषीहरूलाई जबाफदेही बनाइनुपर्ने बताएका छन्। उनले “खतरनाक गोदाम” बारे चर्चा गरेका छन् जुन सन् २०१४ देखि त्यहाँ रहेको बताइएको छ।

स्थानीय सञ्चार माध्यमहरूले मानिसहरू भग्नावशेषमा च्यापिएको देखाइरहेका छन्। विस्फोटनको आवाज करिब २४० किलोमिटर पर रहेको साइप्रससम्म सुनिएको थियो। सन् २००५ मा भएको पूर्व प्रधानमन्त्री रफिक हरिरिको हत्याको मुद्दामा फैसला आउनु केही समय अगाडि उक्त ठूलोविष्फोटन भएको हो।
 

प्रकाशित मिति: ०७:०४ बजे, बुधबार, साउन २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्